राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले गरे फक्तालुङमा भएको घटनाप्रति दुःख व्यक्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो।

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका छन्। प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिएका छन्।

मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:२७ शुक्रबार

#koshi #Hikmat Kumar Karki #Chief-Minister