राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै, के होला निर्णय?

फाइल तस्बिर

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बस्ने छ। बैठकमा संसदको घटनाक्रम लगायतका विषयमा छलफल गर्ने बताइएको छ।

यसअघि आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय आजको बैठकबाट गर्ने निर्णय गरेको थियो।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गर्दै आएको छ। तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन्।

प्रकाशित: ३१ वैशाख २०८१ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App