राजनीति

आजका लागि बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित

फाइल तस्बिर

नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित गरिएको छ।

संविधान सभा सदस्य एवं कांग्रेस नेता सूर्यमान गुरुङको आज अन्त्येष्टि गरिने भएकाले आजको लागि बोलाइएको संसदीय दलको बैठक भोलि बिहान बस्ने गरी स्थगित गरिएको हो।

बैठक भोलि बिहान ८ः३० बजे संघीय संसद् भवन, ल्होत्से हलमा बस्ने छ।

गुरुङको वैशाख २५ गते असामयिक निधन भएको थियो।

आजको बैठकमा भोलिबाट सुरु हुने बर्खे अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको थियो।  

प्रकाशित: २७ वैशाख २०८१ ११:०७ बिहीबार

#nepali_congress #parliamen_comitee #suryaman_gurung