राजनीति

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाखमा हुने उपनिर्वाचनलाई केन्द्रीत गरेर आफ्ना सांसदहरूलाई आज इलाम पठाउँदै छ।

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार सोबिता गौतमलाई इलाम नगरपालिकामा खटाइएको छ भने गणेश पराजुलीलाई देउमाई नगरपालिकामा खटाइएको छ।

यस्तै मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको छ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय रास्वपाले सअघि नै गरिसकेको छ।

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०८:०३ शुक्रबार

उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वैशाख सांसद सोबिता गौतम गणेश पराजुली मनिष झा इलाम नगरपालिका