राजनीति

संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ: मन्त्री देवी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन्।

आज मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन।उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन।उनले निजामती ऐन कुनै राजनीतिकर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन।

उनले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरूसँग समन्वय र छलफल गरेर आफूहरू अघि बढ्ने प्रतिवद्धता जनाइन।मन्त्री देवीले पशु चिकित्सकको हक अधिकार सुनिश्चित गर्न सरकार तत्पर रहेको बताइन।  

प्रकाशित: ३ पुस २०८० १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App