राजनीति

बर्दियाको एमाले पार्टी कार्यालयमा तालाबन्दी

बर्दिया- एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्ष हरि ज्ञवालीले पराजय व्यहोरेको भन्दै कार्यकर्ताले राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन्।

ज्ञवाली गुलरिया नगरपालिकामा नेपाली कांग्रेससँग पराजित भएका थिए। अध्यक्ष ज्ञवालीको मनोमानीले गर्दा स्थानीय तह निर्वाचन हारेको कार्यकर्ताको भनाइ छ।

नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै कार्यकर्ताहरुले अनिश्चितकालीन तालाबन्दी गरेको जिल्ला कार्यसमिति सदस्य अंमरबहादुर खड्काले बताए। ‘राजीनामा नदिएसम्म चरणबद्ध विरोध गर्छौं,’ उनले भने।

यता अध्यक्ष ज्ञवालीले भने उशृङ्खल तत्वले तालाबन्दी गरेको आरोप लगाएका छन्।

प्रकाशित: १७ आश्विन २०७४ ०६:५१ मंगलबार

बर्दियाको एमाले पार्टी कार्यालयमा तालाबन्दी