राजनीति

कोशीमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्न गठबन्धनको निर्देशन

सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज ५ बजेसम्म नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने  गरी प्रस्ताव पेस गर्न संघबाट निर्देशन दिइएको बताए।

कोशीमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि नयाँ सरकारका लागि साँझ पाँच बजेसम्मको समय तोकिएको छ।

प्रकाशित: २१ असार २०८० ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App