राजनीति

कोशीमा नयाँ सरकार गठनको आह्वान

फाइल तस्बिर

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।

खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

प्रदेशमा हिक्मत कुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो। यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएको थियो।

शुक्रबार मुख्य मन्त्री  हिक्मत कुमार कार्कीले विश्वासको मत नपाए पछि कार्की नेतृत्वको सरकार ढलेको थियो।

प्रकाशित: १७ असार २०८० १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App