राजनीति

एमालेले संसद बैठक अवराेध गर्ने

काठमाडौं- नेकपा एमाले आज बस्ने संसद बैठक अवराेध गर्ने भएको छ। पार्टी महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले संसद् चल्न नदिने बताए।
एमाले केन्द्रीय प्रचार विभागले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए। 'प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव न्यायालयमाथिको आक्रमण हो। यो हामीलाई स्वीकार्य छैन,' उनले भने।

उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए। 

पाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुईसय ४९ सांसद्ले वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए। संसद्को बैठक बिहीबार दिउँसो बस्दैछ । 

प्रकाशित: २१ वैशाख २०७४ ०५:३५ बिहीबार

एमालेले संसद बैठक अवराेध गर्ने