राजनीति

आज प्रस्तावित प्रधानन्यायाधीशविरूद्धको उजुरी खोलिने

संसदीय सुनुवाई समिति बैठक

आज संसदीय सुनुवाई समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीश सिफारिस हरिकृष्ण कार्की उपर प्राप्त उजुरी खोलिने भएको छ।

साथै आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीश सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ। 

प्रकाशित: २९ जेष्ठ २०८० ०३:३२ सोमबार