राजनीति

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।

संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

वैशाख १४ गते अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि दलहरूले जानकारी गराइसक्नुपर्ने हुन्छ। विश्वासको मत नपाएपछि नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। 

प्रकाशित: १२ वैशाख २०८० ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App