राजनीति

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित भएको छ। मंगलबार बसेको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएका सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पारित गरिएको हो।

पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ। सुरक्षण मुद्रण सामग्रीको स्वदेशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण मुद्रण केन्द्रको स्थापना र सञ्चालन गर्ने सन्दर्भमा कानुनको व्यवस्था गर्न सुरक्षण मुद्रणसम्बन्धी विधेयक ल्याइएको हो।

प्रकाशित: २२ चैत्र २०७९ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App