राजनीति

बारा-२ मा रास्वपाबाट रमेश खरेलको उम्मेदवारी दर्ता

बारा-२ को उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश प्रसाद खरेलले उम्मेदवारी दर्ता गराएका छन्।

सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचनको कार्यालयमा खरेलले उम्मेदवारी दर्ता गराएका हुन्।

चन्दन सराफ समर्थक र ममता शर्मा प्रस्तावक राखेर खरेलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन्।

यस अघि जसपाका अध्यक्ष उपेन्द्र यादव, आम जनता पार्टी बाट अरुन कुमार, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुबेदी, नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादव, स्वतन्त्रबाट धुपलाल हजरा र विनोद कुमार कर्ण लगायतले उम्मेदवारी दर्ता गराएको उपाध्यायले जनाएका छन्।

प्रकाशित: २० चैत्र २०७९ ०९:४७ सोमबार

रमेश प्रसाद खरेल