राजनीति

दोलखाको प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की विजयी

दोलखाको प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका गंगा कार्की बिजयी भएका छन्।  सोमबार विहान सकिएको ७४ ओटै वडाको मतगणना अनुसार कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराए।  

कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याउदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८१ मत ल्याएर पराजित बने। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्।  

समानुपातिक तर्फको समेत मतगणना चलिरहेको र समानुपातिकको मतपेटिकामा प्रत्यक्ष तर्फको मतपत्र भेटिए गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएकाले जितको अन्तरको अंक केही तलमाथि पर्न सक्ने बताईएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App