राजनीति

धनुषा-४ (ख) मा मधेस प्रदेशका मन्त्रीलाई हराउँदै एमालेका हरिनारायण निर्वाचित

एकीकृत समाजवादीका उम्मेदवार शत्रुधन महतो र नेकपा एमालेका हरिनारायण महतो।

धनुषा प्रदेशसभा क्षेत्र नम्बर ४ को (ख) नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन्। उनले एकीकृत समाजवादीका उम्मेदवार तथा मधेश प्रदेशका मन्त्री शत्रुधन महतोलाई पराजित गर्दै  विजयी भएका छन्।

हरिनायणले १ हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधनलाई पराजित गरेका हुन्। निर्वाचित हरिनायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन्। हरिनारायण धनुषाको मिथिला नगरपालिकाको पूर्व मेयर हुन्। उनी ०७४ मा एमालेबाटै मेयरमा जितेका थिए। पराजित शत्रुधन सत्तारूढ गठबन्धनको साझा उम्मेदवार थिए।

प्रकाशित: १३ मंसिर २०७९ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App