राजनीति

रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन्।  

उनले  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत पाएका छन्। बोहोराले २६ सय ४२ मतान्तरले जित निकालेका हुन्।

प्रकाशित: १० मंसिर २०७९ ०९:३३ शनिबार

दीपक बोहोरा बालकृष्ण खाँण Election 2079