राजनीति

कास्की-१ मा एमालेका गुरुङले हराए कांग्रेसका जिल्ला सभापति बराललाई

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी एमालेका जिल्ला अध्यक्ष हुन्।

गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०६:२५ शुक्रबार

Election 2079