राजनीति

प्रदेशसभा सदस्यमा माओवादीका जीवन आचार्य विजयी

मोरङको क्षेत्र नम्बर ६(१)मा नेकपा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।  

आचार्यले १९ हजार ४ सय ५४ मत ल्याएर विजय भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७१ मत पाएकी छिन्।

प्रकाशित: ८ मंसिर २०७९ ०५:१२ बिहीबार

Election 2079