फोटो फिचर

टुँडिखेलमा सेना दिवस (फाेटाेफिचर)

नेपाली सेनाले मंगलबार औपचारिक कार्यक्रम गरी सेना दिवस मनाएको छ। नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो।

टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ। यसको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ।

नेपाली सेनाले कार्यक्रममा विभिन्न साहसिक खेल तथा झाँकी प्रस्तुत गरेको छ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सब–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएका छन्।

 मंगलबार काठमाडौंको सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरी सेना दिवस मनाइएको हाे।

प्रकाशित: १७ फाल्गुन २०७८ ०७:५९ मंगलबार