विचार

बौद्धिक आतङ्क विनाशको संकेत

हाम्रो देशमा बौद्धिक आतङ्क मच्चाउने बौद्धिकहरुको पनि कमी छैन। नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको क्रिडास्थल बनेको छ। विश्वमा धर्म र संस्कृतिको औपनिवेशीकरण भैरहेको छ। त्यसको साम्राज्य फैलाइएको छ। त्यस्ता कर्म गर्न स्केन्डिनेभिएन र युटोपियन मुलुकहरुबाट कल्चर फाउण्डेशनहरु स्थापना गरिएका छन्। त्यस कार्यमा आईएनजीओ मार्फत् अपार धनराशी र डायस्पोरामा रहेका नेपाली बौद्धिक वर्गको लगानी भइरहेको छ।तिनै डायस्पोराले नेपालका स्वार्थप्रेरित मुट्ठीभर बुद्धिजीवीहरुलाई परिचालन गरिरहेछन्।ती बुद्धिजीवीहरुविदेशीको दलाल बनेर मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै धर्मान्तरण, साम्प्रदायिक सदभाव विथोल्ने ९घृणाको खेती०, राज्य विखण्डन, विदेशी धर्मसंस्कृति भित्र्याउने आदि अवाञ्छित कृयाकलापहरु गरिरहेछन्। त्यसक्रममा उनीहरु एकातिर समाजलाई अस्थिरता वा द्वन्दमा लैजाने, उद्धेलित पारी उत्तेजना फैलाउने, भ्रमित गराउने र अर्कोतिर सरकारलाई नागरिकमाथि दमन गर्न सल्लाह दिने आदि अराजक गतिविधि गरिरहेका छन्। यो एकप्रकारको बौद्धिक आतङ्क नै हो। उनीहरुबाट यस्ताखाले आतङ्क फैलाईरहनालेयो देशमा अस्थिरता र अराजकता सिर्जना भएको छ।

बौद्धिक अराजकता भनेको एक किसिमको बौद्धिक आतङ्क नै हो। बौद्धिक वृत्त स्वयम् राज्यको कानून, शासन व्यवस्था, नियम, अनुशासनभित्र नरहँदा अर्थात् बौद्धिक कर्मबाट बिचलित हुँदा त्यसले समाज र राज्यमा सिर्जना गरेको दुरावस्था नै बौद्धिक अराजकता हो। कसैको निर्देशन र इशारामा मुलुक विखण्डनमा लाग्ने, साम्प्रदायिक हिंसा फैलाउने, जातीय, धार्मिक आदि सदभाव खल्बल्याउने जस्ता अराजक गतिविधिमा संग्लग्न पृथकतावादी र घृणाको खेती गर्ने सोच भएका बुद्धिजीवीहरु अराजक बुद्धिजीवी हुन्। यिनले सामाजिक रुपान्तरण मार्फत् आमूल परिवर्तनका लागि होइन राज्य र समाजलाई उल्टो दिशामा हिँड्ने सल्लाह दिन्छन्।नेपालका केही बुद्धिजीवीहरूले विदेशी दलालको स्वार्थमा आफ्नो विचारहरू अभिव्यक्त गरेका छन्।हाम्रो देशमा विदेशीको भूमिका बढाउनमा तिनैबुद्धिजीवीहरूको ठुलो हात रहेको छ। यस्ताआतङ्कजनित प्रवृत्तिले मुलुक निर्माण होइन, असफल राष्ट्र बन्ने भविष्यवाणी गर्न सकिन्छ।

विश्वमा बहुराष्ट्रिय कम्पनीहरुले संसारभरका प्राकृतिक स्रोत कब्जा गर्ने, त्यहाँका उद्धोग कलकारखानाहरु धराशायी पारिदिने र त्यसबाट उत्पन्न हुने बेरोजगार श्रमलाई कब्जा गर्ने रणनीति अख्तियार गरेका छन्। त्यस अन्तर्गत विश्वभरका सस्तो श्रम उपयोग गरी उत्पादनमा बृद्धि गर्ने र उत्पादित वस्तुहरु मध्येको केही हिस्सा तिनै श्रमिकका मुलुकमा बिक्री गर्ने योजना बनाएका छन्। यसरी उनीहरुले विश्वमा आर्थिक क्षेत्र विशेषगरी व्यापार क्षेत्रमा एकाधिकार कायम गरेका छन्। उनीहरुले उक्त रणनीति र योजना सफल पार्न सोही मुलुकका बौद्धिकहरु परिचालन गर्ने र सो गर्न सम्भब नभए स्रोत र श्रममाथि नियन्त्रण कायम राख्न ती मुलुकमा सैनिक हस्तक्षेप गर्नेसम्मको हत्कण्डा अपनाएका छन्। दुर्भाग्यको कुरा, हाम्रा बौद्धिकहरु उनीहरुका बुख्याँचा बनेर उनीहरुकै रणनीतिक स्वार्थ पूरा गर्न परिचालित छन्।

देशका स्वतन्त्र बौद्धिक वर्गले मुलुकको सुक्ष्म व्यवस्थापन महाशक्ति राष्ट्रहरुले गरिरहेको विश्श्लेण गरेका छन्। एकातिर राजनेताहरुकोमुलुक संचालनको तालाचाबी अर्कैको हातमा रहेको, मुलुक कतै मर्ज हुन लागेको, राष्ट्र असफलतातिर धकेलिदै गैरहेकोअभिव्यक्तिले सो कुरालाई पुष्टि गर्छ।अर्कोतिर राज्यमा सत्ताप्राप्तिको लोलुपता, विलासीपूर्ण जीवन सञ्चालन जस्ता वैयक्तिक स्वार्थका लागि राजनेताहरु बाह्य शक्तिकेन्द्रहरु उपर लम्पसार र आत्मसमर्पण गरिरहेछन् भन्ने कोणबाट पनि हेर्ने गरिएको छ। यसबाटनेपाली समाजको सुक्ष्म व्यवस्थापन अर्कै तेस्रो पक्षले गरिरहेको प्रतीत हुन्छ।जहाँसत्ताधारी पक्ष र शक्तिराष्ट्र दुवैको मिलनबिन्दु स्वार्थमा गाँजिने गरि अन्तरघाती खेल हुन्छ,तहाँ एउटाले अस्थिरता सिर्जना गराई फाइदा लुट्ने र अर्काले सत्ता टिकाउने खेल खेल्छ।यसमा बौद्धिक वर्गले परामर्श दिनु भनेको बौद्धिक आतंकलाई नै प्रश्रय दिनु हो। यो कर्म भनेकै राष्ट्रलाई भड्खालोमा हाल्ने खेल हो।

कानूनविद डा. युवराज सङ्ग्रौला नेपालको बौद्धिकता बिग्रिएको विषयमा चिन्ता गर्दै भन्छन्–झयो देशको सबैभन्दा ठूलो समस्या यहाँको बौद्धिकता हो। बौद्धिकता कहाँबाट बिग्रियो भने डायस्पोराले यहाँको बौद्धिकतालाई नियन्त्रण गर्छ। विचार चाहिँ अमेरिका र बेलायतमा बस्ने नेपालीहरुको हुन्छ। यहाँको बौद्धिकता राजनीतिक दलहरुको दासताभित्र छ। त्यसैले ऊ निरीह छ। बौद्धिकताको बिकासका लागि बौद्धिकताको अर्थात् चेतनाको आन्दोलन हुनुपर्छ।ञनेपालमा सङ्ग्रौलाले भनेजस्तै पश्चिमाहरुले यहाँका धर्मसंस्कृति विनाश गर्ने र पृथकतावादी एवं साम्प्रदायिक हिँसा फैलाउने खालका गतिविधिमा आईएनजीओ मार्फत् तिनै डायस्पोराहरु परिचालन गरिरहेका छन्। जसलेगर्दा यो देशमा धर्मनिरपेक्ष राष्ट्रका नाममा हिन्दुधर्म सकियो र विश्वका एकमात्र हिन्दु राजा पनि मासिए।

शक्तिराष्ट्रहरुको गिर्दो आर्थिक स्थितिलाई पुनर्जीवन दिनका लागि यो मुलुकमा पावर एलिटहरुसक्रिय छन्।पावर एलिट भनेकामाफिया ९शैक्षिक, मेडिकल आदि०, म्यान्डारिन ९उच्च प्रशासकहरु०, मर्चेन्ट्स ९घरानिया व्यापारीहरु०, मेन्डिकेन्ट्स ९पुरेत र पण्डितहरु०, मेडिएटर्स ९एनजीओ आईएनजीओ चलाउने० हरु हुन्। त्यस वर्गभित्र बुद्धिजीवीहरु पर्दछन्। यिनलाई स्थायी सत्ता पनि भनिन्छ। किनकि देशमा जुनसुकै सत्ता आए पनि यिनीहरुले सत्ताधारीहरुलाई घेराबन्दीमा पारेका हुन्छन्। यिनीहरु नै हुन् बैंक चलाउने, ठूला निजी स्कुल कलेज चलाउनेदेखि एनजीओ र सञ्चार माध्यम चलाउने पनि यिनै हुन्। यिनीहरुको सत्ताधारीका अतिरिक्त विदेशी दातासँग पनि घनिष्ट सम्बन्ध रहेको हुन्छ।अमेरिकन र युटोपियन देशहरुको मुख्य स्वार्थ भनेको विगत डेढ दशकदेखिको गिर्दो आर्थिक स्थितिलाई पुनर्जीवन दिने हो। त्यस स्वार्थलाई पूर्ति गर्न उनीहरुले आसियन मुलुकहरुको अर्थतन्त्र विनाश गर्ने रणनीति लिएका छन्। त्यस रणनीतिलाई सिद्ध गर्न उनीहरुले यहाँका बौद्धिकहरुलाई गोटी बनाई परिचालन गरिरहेछन्। यो कार्य बौद्धिक आतङ्क मध्येकै कार्य हो। यस्ता जर्जरएवं बर्बर्तापुर्ण व्यवहारहरुले सरकार असफलतातिर धकेलिने आंकलन गर्न सकिन्छ।यसको शिघ्र नियन्त्रण जरुरी छ।

महाशक्ति राष्ट्रहरुले धार्मिक, सांस्कृतिक सदभाव विथोली अस्थिरता सिर्जना गर्नस्केन्डिनेभिएन ९डेनमार्क, नर्वे, स्वीडेन० मुलुकहरुले यो देशमा आईएनजीओ र मिशनरिज मार्फत् प्रशस्तै धनराशी लगानी गरेका छन्। विश्वका विपन्न मुलुकहरुमा सदियौंदेखि कायम रहेको सांस्कृतिक एकतालाई विनाश गर्ने उनीहरुको रणनीति हो।त्यस रणनीतिलाई सफल पार्न उनीहरुले उत्पीडित र विपन्न वर्गका बौद्ध धर्मावलम्बीहरु, जनजातिहरु र दलितहरुलाई आर्थिक प्रलोभन दिएर धार्मिकर सांस्कृतिक प्रचलनहरु परिवर्तन गराइरहेछन्। त्यसक्रममा यहाँका चर्चहरुको स्थापना, गुम्बाहरुलाई चर्चमा रुपान्तरण, जनजातिका संस्थाहरु स्थापना र सञ्चालनका लागि आर्थिक सहयोग दिने, जनजातिका अगुवाहरु परिचालन गर्ने आदि कार्यहरु गरिरहेका छन्।  सामाजिक सदभाव र सहिष्णुता कायम गर्नका लागिडा। हर्क गुरुङ्गको विचार सान्दर्भिक लाग्दछ। उनी भन्दछन्₋‘नेपाली बुद्धिजीवीसामू एउटा ठुलो हाँक देखापर्दछ। त्यो हो देशका विभिन्न जाति र समुदायहरूलाई एक राष्ट्रको रुपमा ढाल्नु।सामाजिक सद्भाव बढाएर सिंगो मुलुकलाई जोड्ने बौद्धिकताको ठूलो भूमिका हुन्छ।’ उनले भनेजस्तै ती अवाञ्छित तत्व र कुकृत्यहरुलाईसमाप्त गर्नुपर्छ।बुद्धिजीवी वा बौद्धिकले समाजमा विभाजनकारी तर्क–कुर्तक नगरी समाजलाई एकढिक्का बनाई अविछिन्न रुपमा उच्चगतिका साथ अग्रगामी दिशातिर अघि बढाउने पहलकदमी चाल्नुपर्दछ।

राजनीतिक स्थिरता, सुदृढ शासन, विकास, मानव अधिकार, न्याय र शान्तिसुरक्षा जस्ता विषयहरुको उपयुक्त व्यवस्थापन बुद्धिजीवी कै संलग्नतामा संभव हुन्छ। यिनीहरु लागीपरेमा देश बन्छ र नचाहेमा देश बिग्रन्छ। देशको उत्थान र पतनको बढी जिम्मेवार पक्ष बुद्धिजीवी वर्ग हो। राजनीतिक र सामाजिक संस्कार निर्माणमा यिनको ठूलो भूमिका हुन्छ। बुद्धिजीवी वर्गलेएकातिर सामाजिक आचरणको उदाहरणीय भूमिका निभाउँछन् भने अर्कोतिर नीति निर्माताको भूमिका निभाउँछन्। हामी कहाँ राष्ट्रवादी पगरीधारी बुद्धिजीवीहरूको पाखण्डीपन पनि कम खतरनाक छैन। जातीय विभेद र बहिष्करण विरुद्ध आवाज उठाउनु पर्ने बुद्धिजीवीहरु उल्टै सदियौंदेखिको नेपालीबीचको आपसी भाइचारा सम्बन्ध, सदभाव र सहिष्णुता बिथोल्न लागीपरेका छन्। साम्प्रदायिकता र पृथकताजस्ता विषयहरुलाई नागरिकमाझ उरालेर विद्वेष एवं वितण्डा फैलाउने गरिरहेछन्। यिनका यी राष्ट्रघाती कुकर्महरुलाई नामेट गर्नुपर्छ।

बुद्धिजीवीले के गर्दैन सबैथोक गर्छ। औषधीदेखि बम र रकेट बनाउनेसम्मको काम गर्छ। युद्धको तानाबाना बुन्ने कामसमेत उसैले गर्छ। साँच्चिकै भन्दाबुद्धिजीवीले कुत्सित काम गर्नालेविश्व आज अशान्त देखिएको छ। विश्वभर घृणा, द्वैष र अपराध फैलाउने, धर्म र राजनीतिको नाममा लाखौं करोडौं मानिसको संहार गर्ने, आंतक मच्चाउने काम उसैका कारणले हुनेगरेको छ। सिकन्दर, हिटलर, सद्दाम हुसेन, इदी अमीनबाट भए गरेका कृयाकलापहरु त्यसको ज्वलन्त उदाहरण हुन्। बौद्धिक अधर्मले देशको दुर्गति त गराउँछ नै र अन्तमा ऊ आफैलाई पनि जङ्गली डढेलोले झैं जलाउँछ। कुनै धूर्त या चतुर बुद्धिजीवीले आफू त पापी पर्यावरणमा परिदैन भन्ने परिकल्पना गर्नु व्यर्थ हो।मुलुकको भविष्य, लोकतन्त्र, समानता, न्याय, समृद्धि र विकासप्रति बौद्धिक वर्गलेउत्तरदायित्वबहन गर्नुपर्छ।बौद्धिक वर्गको मुख्य काम भनेकै परिवर्तित समय र सन्दर्भलाई बुझेर सरकारलाई सही दिशा निर्देश गर्ने हो। आंतक मच्चाउने होइन।

देशमा राजनीतिक अस्थिरता, साम्प्रदायिक हिंसा, राज्य बिखण्डन, युद्ध आतङ्क जस्ता सङ्कट अवस्थाको तानाबाना बुद्धिजीवीहरुले नै बुनेका हुन्छन्। यथार्थमा राष्ट्रलाई खतरा कि भुईँफुट्टे राजनेताहरुबाट छ कि राजनीतिज्ञको सानिध्यमा रहेका महत्वाकांक्षीक्रीतदास बुद्धिजीवीहरुबाट नै छ।यो मुलुकमा यी यस्ता प्रतिकूलता, विषमता र उबडखाबडकाबीच पनि मुलक र मुलुकवासीको हितमा साँचो अर्थमा आफ्नो जीवन अर्पण गर्ने उत्सर्गी र स्वावलम्बी बुद्धिजीवीहरु पनि जन्मेका छन्। मुलुकमा सङ्कट र विपत्ति आइपरेको बेला अवश्य पनि तिनै बुद्धिजीवीबाट मुलुकले हर्दम रुपमा साथ र सहयोग पाइरहनेछ। किनकि सङ्कट र विपत्ति समाधानको जिम्मेबारी र सामर्थ्यता बौद्धिक वर्गमा निहीत हुन्छ।

प्रकाशित: १२ मंसिर २०७७ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App