विचार

प्रेम, ब्रेन र रोग

‘प्रेम’ शब्द नै यति मीठो र श्रुतिमधुर छ कि यो ध्वनि कानमा पर्नासाथ मनःस्थिति तुरुन्तै परिवर्तन हुन्छ । र, मन प्रेमरसमा आह्लादित हुन पुग्छ । प्रेममा आनन्द छ । प्रेममा शीतलता र शान्ति छ । प्रेममा शक्ति पनि छ । प्रेम नै यस्तो मनोभाव हो, जसले मानिसलाई शान्ति पनि दिन्छ, शक्ति पनि दिन्छ । वास्तवमा ‘प्रेम’ जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो । असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो । जब मानिस ‘प्रेममय’ हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । त्यसैले नै बेन्जामिन डिजरायलीले भनेका छन्, “हामी सबै प्रेम गर्नका लागि उत्पत्ति भएका हौ“ । यो नै अस्तित्वको सिद्धान्त हो । र, एक मात्र अन्त ।” 

प्रेम र ब्रेन

प्रेम मस्तिष्कमा पैदा हुने एक धनात्मक भावना हो । यो भावना मानिसमा बाल्यकालदेखि नै विकसित हुन्छ । सामान्यतया जब मानिसको मस्तिष्कमा कुनै व्यक्ति, पशुपंक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन)को संज्ञा दिइन्छ । स्नायुविज्ञानका अनुसार प्रेमका तीन चरण हुन्छन् ।  बासना (लस्ट), आकर्षण (अट्राक्सन) तथा आसक्ति (अटेचमेन्ट) । प्रेमको पहिलो चरणमा व्यक्ति विपरीत लिंगीप्रति शारीरिकरूपमा आकर्षित हुन्छ । पुरुषमा टेस्टोस्टेरोन हार्मोनले तथा महिलामा एस्ट्रोजिन हार्मोनले लस्ट पैदा गराउ“छ । लस्ट मानिसमा मात्र होइन, हरेक प्रजातिहरूमा देखापर्छ, यही लस्टका कारण नै उनीहरू सेक्स साथीको खोजीमा हुन्छन् । लस्टको चरणमा एडे«नालाइन तथा नोरपाइनफेरिन जस्ता हार्मोन्स शरीरमा फैलिन्छन्, तीव्र इच्छासाथ । एडे«नालाइन तथा नोरपाइनफेरिनले मुटुको चाल बढाउ“छ, हत्केलामा पसिना निकाल्छ । मस्तिष्क रसायन डोपामाइनले एयुफेरिया (उमंग)को अनुभव गराउँछ । 

दोस्रो चरणमा व्यक्ति प्रेमी वा प्रेमिकाप्रति मोहित हुन्छ । आफ्नो लभरलाई सधैँ साथमा चाहन्छ । यो अवस्थामा मुटुको चाल बढ्न सक्छ, हत्केलामा पसिना निस्कन सक्छ । व्यक्तिमा उमंग, स्फूर्ति तथा उत्तेजनाको अनुभव हुन्छ । नोरपाइनफेरिन, डोपामाइन तथा सेरोटोनिनले यस्तो अनुभव पैदा गराउँछन् । 

प्रेमको तेस्रो चरणमा व्यक्ति लभरप्रति यति आसक्त हुन्छ कि स“गस“गै रहनका लागि विवाह गर्छ, छोरीछोरीहरू जन्माउ“छ । मस्तिष्क रसायन्स अक्सिटोसिन तथा भ्यासोप्रेसिनले यस्तो स्थिति सृजना गर्छन् । यस स्थितिमा व्यक्तिले अनौठो आनन्द, स्वस्थ तथा सुरक्षाको अनुभव गर्छ । अक्सिटोसिनको नकारात्मक भूमिका पनि रहन सक्छ जसका कारण व्यक्ति शंकालु तथा इष्र्यालु पनि हुन सक्छ । तर, सम्बन्धको ४÷५ वर्षपछि मस्तिष्क रसायन डोपापाइन घट्न थाल्छ, जसले गर्दा व्यक्तिमा लभरप्रतिको आर्कषण घट्न सक्छ । यस्तो स्थिति बढ्दै गएमा सम्बन्धमा दरार आउन सक्छ । सम्बन्धलाई अटुट राख्न सामाजिक मान्यता, संस्कृति तथा व्यक्तिको विवेकले पनि महत्वपूर्ण भमिका खेल्छ । 

प्रेम र स्वास्थ्य

प्रेममा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउ“छ । प्रेमले मानिसको मनमस्तिष्कमा मात्र होइन, सम्पूर्ण शरीरमा ठूलो प्रभाव पार्छ । प्रेम भावनाले शरीरमा इन्डोर्फिन, सेरोटोनिन तथा इम्युनोग्लोबुलिन जस्ता मस्तिष्क रसायनहरू, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठÒलो भÒमिका निभाउ“छन्, निष्काशन गर्छ । सकारात्मक प्रेमको विचारले खुसीका रसायनहरू निष्काशन गर्छ जबकि नकारात्मक विचारले हाम्रो इम्युनिटीलाई नै कमजोर पार्छ, जसले गर्दा रोगहरूले आक्रामण गर्छन् । त्यसैले ठोकुवा नै गर्न सकिन्छ, मानिसको रोगका लागि प्रेम चिकित्साभन्दा ठूलो चिकित्सा यो जगत्मा अर्को छैन । वास्तवमा प्रेम हरेक रोगको औÈधि हो । प्रत्येक रोगको उपचार हो । यो मनोविज्ञान हरेक चिकित्सकहरूले बुझ्नुपर्छ र बिरामीहरूलाई प्रेम र विश्वासको क्याप्सुलमा औÈधि हालेर दिनुपर्छ । तब जस्तोसुकै घातक रोग पनि निको हुन सक्छ ।

प्रेम र मनोरोग

हो, प्रेम सकारात्मक भावना हो । तर, प्रेममा विघ्न–बाधा तथा अड्चन आइप¥यो भने प्रेम स्वयं एक समस्या बन्छ । यसले मानिसमा क्रोध, व्यथा (डिस्टे«स) तथा उदासी जस्ता नकारात्मक भावना निम्ताउ“छ । उदासी (सैड्नेस एन्ड डिप्रेसन), यस्तो सांवेगिक प्रतिक्रिया हो, जो प्रिय मानिस बिछोड हुँदा तथा प्रिय वस्तु हराउ“दा उत्पन्न हुने गर्छ । जब यस्तो उदासीको संवेग ज्यादै तीव्र हुन्छ, त्यसलाई शोक वा विषाद (ग्रिफ) भनिन्छ । यदि शोक अवधि धेरै लम्बियो भने जीवनको चारैतिर अँध्यारो छाउ“छ । मानिस जिउ“दो लास जस्तो भएर बा“चेको हुन्छ । यसलाई कडाखालको अवसाद (क्लिनिकल डिप्रेसन) भनिन्छ । र, आधुनिक समाजमा डिप्रेसन आत्महत्याको एक प्रमुख कारणको रूपमा गनिन्छ । नेपाली समाजमा प्रेमीप्रेमिकाको ‘प्रेम’को बाधक भनेको नै जातपात र धन हो । त्यसो त शिक्षा पनि कहिलेकाही“ प्रेममा बाधक बन्ने गर्छ । अल्लारे प्रेमले पनि धेरै युवकयुवतीको जीवनमा समस्या पैदा गर्छ । किनकि अल्लारे बैँसमा धेरै युवा–युवतीले प्रेमलाई केवल यौन तृष्णाको प्यास बुझाउने माध्यम ठान्छन् र यस्तै प्रेममा रमाउन चाहन्छन् । तर ढिलो–चा“डो यस्तो उन्मत्त कामुक प्रेमले मानिसहरूको जीवनमा धेरै समस्या निम्ताउँछ । असुरक्षित यौन सम्पर्कबाट थुप्रै समस्या देखापर्छन् । मानिसहरू एचआइभी–एड्सको शिकारसमेत हुने गर्छन् ।

प्रेम दिवस

हरेक सामान्य मानिसले जीवनमा प्रेम चाहन्छन्, मिलन चाहन्छन्, आनन्द र खुसी चाहन्छन् । मानिसका लगि प्रेम एक जैविक, मनोवैज्ञानिक तथा सामाजिक आवश्यकता हो र भूमण्डलीकरणको यो समयमा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस त्यो आवश्यकतापूर्तिको एक अवसर पनि हो । यसर्थ युवक युवतीले प्रणय दिवसका दिनमा उत्सव मनाउनु तथा एक–अर्कालाई प्रेम प्रस्ताव राख्नु कुनै अनौठो कुरा होइन । तर, दुःखको कुरा के भने प्रणय दिवसका दिनमा सक्कलीभन्दा पनि नक्कली प्रेमको अनेकौ“ रूप देख्न पाइन्छ, अधिकांश यस्ता प्रेमहरू प्रेमीप्रेमिकाको हृदयबाट ननिस्किएर यौन उन्मत्त हुन्छन् । 

हो, यौन प्राकृतिक कुरा हो । हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ । अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा यौनभावना जन्मदेखि नै एक ऊर्जाका रूपमा मौजुद हुन्छ । यस्तो यौन ऊर्जा युवाकालमा निकै बलवान् हुन्छ । विश्व स्वास्थ्य संंगठनको एक सर्वेक्षणका अनुसार युवाहरूमा यौन सम्बन्धी आकर्षण निकै तीव्र हुन्छ । 

यौन भावना आफैँमा खराब होइन, निर्मल प्रेमपूर्ण अँगालोको यौन क्रीडाले मानिसलाई परम आनन्दित बनाउँछ । स्त्री–पुरुष, दुवैलाई स्वर्गीय सुख दिलाउ“छ । वास्तवमा ऊध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो । त्यसैले भन्न सकिन्छ, उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिसमा शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ । र, नै मानिस महान् बन्छ ।

इतिहास साक्षी छ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उच्च यौनशक्तिले परिपूर्ण थिए, तर उनीहरू कहिल्यै यौन–उन्मादको शिकार भएनन् । बरू उनीहरूले त्यो उच्च यौन–शक्तिलाई ऊध्र्वगामी ऊर्जामा रूपान्तरण गरी लाभार्थी भए । यो मनोविज्ञानलाई लहड र फेसनका रूपमा प्रणय दिवस मनाउन चाहनेहरूले बुझ्नुपर्छ र प्रणय दिवसलाई यौन दिवसका रूपमा होइन कि प्रेमको पवित्र दिनका रूपमा मनाउनुपर्छ । होइन भने प्रणय दिवस व्यवहारमा भोग दिवस साबित हुनेछ

अन्त्यमा,

प्रेमबिना मानिसको जीवन असम्भव छ । प्रेम बिना मानिस बा“च्नै सक्दैन । अरू कुरो छोडौँ, मानिसको शरीरका अंगप्रत्यंगहरूले पनि बेला–बेलामा प्रेम खोज्छन् । शरीरका कुनै अंग दुखेको छ भने यो यसकारणले गर्दा हो कि त्यहा“का जीव कोषहरूले प्रेम खोजिरहेका छन् । त्यसैले त्यो अंगमा ध्यान दिने र प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्ने हो भने तुरुन्तै राहत महसुस हुन्छ । हुन पनि प्रेममा अदभूत शक्ति छ । प्रेमले जस्तोसुकै निर्दयीको मन जित्न सकिन्छ । शत्रुलाई पनि मित्र बनाउन सकिन्छ । त्यसैले त प्रसिद्ध लेखक एम्मेट फाक्सले भनेका छन्, “तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौ ।”  

(लेखक साइकोथेरापिस्ट हुन्)

प्रकाशित: २ फाल्गुन २०७४ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App