अन्तर्राष्ट्रिय

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मंगलबार बताएको छ।

'सबैभन्दा कठिन क्षणहरूमा पनि... हामी भन्छौंः हामी वार्ताका लागि तयार छौं,' विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले युट्युबमा प्रसारित टिप्पणीमा सो कुरा उल्लेख गरेका छन् ।

प्रकाशित: १० फाल्गुन २०७८ ०७:०४ मंगलबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभा