अन्तर्राष्ट्रिय

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ।

हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोन संक्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एघार लाख १७ हजार ५३१ रहेका छन्। गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जना कोरोना संक्रमण भई निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५.५९ प्रतिशत रहेको जनाइएको छ।

सोही अवधिमा थप  ३८० को कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाखभन्दा बढी डोज खोप लगाइएको छ।

प्रकाशित: २९ पुस २०७८ ०८:२७ बिहीबार

कोरोना भाइरस ओमिक्रोन संक्रमित ज्यान गुमाउने व्यक्ति