डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको गढ मानिने अमेरिकाको जर्जिया राज्यमा पनि राष्ट्रपति चुनावको मतमा उनका प्रतिद्वन्दी जो बाइडेनले उनलाई निकै पछि पारेका छन्।
ताजा तथ्यांकअनुसार बाइडेन ट्रम्पभन्दा ७ हजार २४८ मतले अगाडि रहेको बिबिसीले जनाएको छ। अब एक प्रतिशत मत गन्न मात्र बाँकी छ।
जर्जियामा जम्मा १६ इलेक्टोरल कलेज भोट छ। जर्जियालाई रिपब्लिकन पार्टीको गढ मानिन्छ। सन् २०१९ यता त्यहाँ डेमोक्रेटिक पार्टीले चुनाव जित्नै सकेको थिएन।
प्रकाशित: २२ कार्तिक २०७७ ०९:५६ शनिबार