अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीमा परी ८ जनाको मृत्यु

वासिंटन – अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।

स्थानीय समय अनुसार मंगलबार बिहान आएको आँधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ। आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पुर्‍याएको छ।

टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्‍याएको क्षतिबारे भनिन्, ‘आँधीका कारण ‘यसपटक आठको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ।’ न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पुर्‍याएको बताएको छ। क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App