अन्तर्राष्ट्रिय

फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प

मनिला–फिलिपिन्सको दक्षिणी आईसल्याण्ड मिन्डानउमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पसँगै सुनामी आउने खतरा रहे पनि त्यो टरेको अधिकारीहरुले बताएका छन्।

भूकम्पवाट कुनै क्षतिको बिवरण भने आउन सकेको छैन, अमेरिकी भूगर्व विभागका अनुसार भूकम्प १२० मालाईल पूर्व फिलपिनी शहर जनरल सन्टोसबा गएको थियो।

भूकम्पको केन्द्रविन्दुबाट १८६ माईल वरिपरि 'हजारडउस सुनामी वेबस्' आउन सक्ने प्रशान्तीय सुनामी वार्निङग केन्द्रले सुरुमै सूचना जारी गरेको थियो। यसका साथै फिलिपिन्स, ईन्डोनएसिया प्रशान्तीय आइसल्याण्ड राष्ट्र उलउ क्षेत्रलाई समेत सतर्क गराईएको थियो। तर भूकम्प  गएको दुई घण्टा पश्चात भने सुनामीको खतरा टरेको अमेरेकी केन्द्रले जनाएको छ।

फिलिपिन्स र इन्डोनेसिया दुबै भूकम्प र ज्वालामुखीको लागि प्रशान्त सागर क्षेत्रमा जोखिम युक्त मानिन्छन। ईन्डोनेसियामा यो वर्ष पटक भूकम्प गईसकेको छ। ७.५ रेक्टर स्केलको पहिलो भूकम्प पश्चिमी कोस्टा सुलाउसी आईसल्यान्डमा सेप्टेम्बरमा गएको थियो। जसमा दुई हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो।

प्रकाशित: १४ पुस २०७५ ०९:१८ शनिबार

भूकम्प फिलिपिन्स