जाकार्ता- इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ। इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ।
त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताएका छन्।
इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ। साथै सो भूकम्पमा परी अरु करिब पाँच हजार मानिस हराएका बताइएको छ।
प्रकाशित: २५ आश्विन २०७५ ०९:३९ बिहीबार