नयाँ दिल्ली - भारतमा अाँधी र चट्याङ्मका कारण मृत्यु हुनेहरूकाे संख्या ५४ पुगेकाे छ।
चट्याङ्सँगै भएकाे भारी वर्षाका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हाे भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका बस्तीहरू प्रभावित बनेका छन्।
पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा कम्तिमा १९ जनाको मृत्यु भएको झारखण्डका विपद् ब्यवस्थापन अधिकारी यागिन्दर सिंहले जानकारी दिए। मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ।
त्यसैगरी भारतको घना जनसङ्ख्या रहेको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारी टि पी गुप्ताले बताए। उक्त प्राकृतिक विपद्का कारण कम्तिमा १० जना घाइते भएका बताइएको छ।
भारतकै अर्को प्रदेश झारखण्डमा १३ पनि विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन्।
प्रकाशित: १६ जेष्ठ २०७५ ०५:५९ बुधबार