अन्तर्राष्ट्रिय

मस्को बम धमाकामा रूसी जनरल मारिए

रुसको अनुसन्धान समितिले मस्कोमा विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोटमा आफ्ना एक शीर्ष सैन्य अधिकारी मारिएको बताएको छ। 

आणविक सुरक्षा बलका वरिष्ठ जनरल इगोर किरिलोभको ज्यान गएको अल जजिराले लेखेको छ। रेडियोलोजिकल, केमिकल एन्ड बायोलोजिकल डिफेन्स (आरसीएचबीडी) का प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभ र उनका सहायक मङ्गलबार रियाजान्स्की प्रोस्पेक्टको एक अपार्टमेन्ट भवन बाहिर घातक विष्फोटको सिकार भएका हुन्। 

घटनास्थलबाट सार्वजनिक भएका तस्बिरहरूले भवनको भग्नावशेष र रगतले लतपतिएका दुई शवहरू देखिएका छन्। युक्रेनले किरिलोभलाई युक्रेनमा प्रतिबन्धित रासायनिक हतियारहरूको प्रयोगको आरोप लगाउँदै आएको थियो, जुन रुसले अस्वीकार गरेको छ।

बेलायतले गत अक्टोबर महिनामा किरिलोभ र आरसीएचबीडी बललाई युद्धमा विषाक्त हतियारहरूको प्रयोगको आरोपमा प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: २ पुस २०८१ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App