अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री जियालाई भ्रष्टाचार मुद्दामा सफाइ, अमेरिकी भिसाका लागि दूतावास पुगिन्

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई बुधबार बङ्गलादेश उच्च अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

त्यसपछि उनले अमेरिकी दूतावास पुगेर आफ्नो भिसा आवेदन प्रक्रिया पूरा गरिन्। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित पछि उनी अमेरिकी भिसाका लागि पुगेकी हुन्। ट्रम्प आगामी जनवरी २० मा पदको सपथ लिनेछन्।

 बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेताहरुका अनुसार ७९ वर्षीया खालिदा जिया गम्भीर स्वास्थ्य समस्यासँग जुझ्दै छिन्। उनलाई कलेजो, मिर्गौला, मुटु, फोक्सो र आँखा सम्बन्धी समस्या छ। 

उनी उपचारका लागि अमेरिका जान लागेकी हुन्। खालिदालाई बेलायत र त्यहाँबाट अमेरिका वा जर्मनी जान दिइनेछ। 

खालिदाविरुद्ध २०१८ मा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगको सरकारमा उनलाई सात वर्षको जेल र १० लाख टाका जरिवाना पनि गरिएको थियो ।

प्रकाशित: १३ मंसिर २०८१ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App