अन्तर्राष्ट्रिय

प्रदुषण बढेपछि भारतका विद्यालयहरू बन्द

भारतको राजधानी नयाँ दिल्ली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ। विद्यार्थीलाई घरबाटै अनलाइनमार्फत शिक्षा दिन सुरु गरिएको हो।

केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएको छ। सहरका दुई ठूला विश्वविद्यालयले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षा अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन्। 

प्रकाशित: ६ मंसिर २०८१ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App