अन्तर्राष्ट्रिय

गाजामा एक हप्तामा ४ सय प्यालेस्टिनीको मृत्यु, एक हजारभन्दा बढी घाइते

गाजामा एक हप्तामा करिब ४ सय प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। एक हजार ५ सयभन्दा बढी घाइते भएका छन्।

मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाका अनुसार अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति मारिएको बताए।

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको भन्दै उनले महिला तथा बालबालिकासहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको बताए।

उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजारभन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको पनि जानकारी दिए।

उनले अक्टोबरको शुरूदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको पनि बताए। रासस

प्रकाशित: १ कार्तिक २०८१ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App