अन्तर्राष्ट्रिय

ट्रम्पको चुनावी सभाबाट हतियारसहित एक व्यक्ति पक्राउ

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीबाट हतियारसहितका एक व्यक्ति पक्राउ परेका छन्। बन्दुक र लोड गरिएको पेस्तोलसहित ४९ वर्षिय भेम मिलरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

क्यालिफोर्नियाको कोचेलामा आयोजित र्‍यालीबाट मिलरलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ।उनी गाडी चलाएर ट्रम्पको र्‍यालीतर्फ जान खोजिरहेका थिए। प्रहरीले सुरक्षा जाँच गर्दा उनको साथबाट दुईवटा हतियार बरामद गरेको छ।

प्रहरीले यस घटनासँग हत्याको प्रयासको भने कुनै सङ्केत फेला पारेको छैन। चुनावी सभा सुरु हुनुभन्दा केही समय अगाडि हतियारसहितका व्यक्ति पक्राउ परेपछि प्रहरीले ट्रम्पलाई कार्यक्रम अवधिभर कडा सुरक्षा दिएको थियो।  

प्रकाशित: २८ आश्विन २०८१ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App