अन्तर्राष्ट्रिय

जापानको संसद विघटन, आगामी महिना आमचुनाव हुने

जापानको संसद्को तल्लो सदन विघटन भएको छ। प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनका लागि बुधबार सदन भंग गरेका हुन्।

आम चुनाव अक्टोबर २७ मा हुने तय गरिएको छ। इशिबाले सेप्टेम्बर २७ मा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को निर्वाचनमा जित हासिल गरेका थिए। एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसदमा अक्टोबर १ मा प्रधानमन्त्री निर्वाचित भए। २०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ। 

प्रकाशित: २४ आश्विन २०८१ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App