अन्तर्राष्ट्रिय

जनताको भोक मेटाउन जिम्बाब्वेमा २ सय हात्ती मारिँदै

जिम्बाब्वे सरकारले जनताको भोक मेटाउन २ सय हात्ती मार्न लागेको छ। खाद्यान्न अभाव भएपछि जिम्बाब्वे सरकारले २ सय हात्ती मारेर नागरिकको भोक मेटाउने तयारी गरेको छ।

दक्षिण अफ्रिकी मुलुकहरूमा यसवर्ष देखिएको अल निनोका कारण खडेरी परेपछि त्यहाँका ६ करोड ८० लाख नागरिक प्रभावित बनेका छन्।

जिम्बाब्वेका पाक्र्स एन्ड वाइल्डलाइफ अथोरिटीका प्रवक्ता तिनाशे फारावोले पुष्टि गर्दै २ सय हात्ती मार्ने तयारी भएको बताए।

उनले विशेषगरी खाद्यान्नको अत्यधिक अभाव भएको क्षेत्रमा हात्तीको मासु पठाइने जानकारी दिए।

यसअघि नामिबिया सरकारले पनि खडेरीका कारण खाद्यान्न अभाव भएपछि ७ सय जनावर मार्ने घोषणा गरेको थियो।

प्रकाशित: २ आश्विन २०८१ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App