अन्तर्राष्ट्रिय

ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।

बीबीसीका अनुसार अमेरिकी अधिकारीहरूले ईरानमाथि इजराइलले आक्रमण गरेको पुष्टि गरेसँगै आज एशिया क्षेत्रमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ। योसँगै कच्च तेलकोमूल्य प्रति ब्यारेल ढण् डलर पुगेको छ।

यस्तै सुनको मूल्यमा पनि नयाँ रकेर्ड कायम भएको छ। सुन प्रति औंस अर्थात् २८.३४ ग्रामको मूल्य २४०० डलरसम्म पुगेको छ।

त्यसैगरी जापान, हङकङ र दक्षिण कोरियाको स्टक मार्केटमा गिरावट आएको छ।

आज बिहान मात्रै इजराइलले ईरानमाथि जवाफी कारबाही सुरु गर्दै विभिन्न सहरमा मिसाइल आक्रमण गरेको ईरानी सरकारी समाचार संस्था ईरनाले बताएको छ।

प्रकाशित: ७ वैशाख २०८१ १०:५८ शुक्रबार

इजराइल ईरान जवाफी कारबाही तेल र सुनको मूल्य वृद्धि सुनको मूल्यमा पनि नयाँ रकेर्ड