स्वास्थ्य

अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

अमेरिकाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि अमेरिकाबाट मेडिकल सामानसहित एक कार्गो विमान शनिबार काठमाडौं आएको छ।

बाँकी दुई विमान पनि २ दिनभित्र आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

स्वास्थ्य सामग्रीअन्तर्गत सर्जिकल मास्क, फेस सिल्ड र ग्लोभ्स रहेका छन्। यसअघि यूएसएडले १ सयको संख्यामा भेन्टिलेटर, कोभिड १९ टेस्ट किट, अक्सिजनसँग सम्बन्धित सामग्री, पिपिइ तथा अन्य स्वास्थ्य उपकरणहरु पठाएका थिए।

यसैबीच यूएसएडले आइतबार नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  १ हजार अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने भएको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App