स्वास्थ्य

कोरोना संक्रमणबाट एकैदिन मत्यु हुने अहिलेसम्मकै उच्च

नेपालमा कोरोना संक्रमणबाट एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ।

यसअघि वैशाख २८ गते २ सय २५ जना मृत्यु भएको तथ्यांक रहेको छ। आज भने २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टाको तथ्यांक अद्यावधिक गर्दै सो जानकारी दिँदै बुधबार थप ८ हजार १ सय७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

थपिएका ती संक्रमितहरुमध्ये ८,०६४ को पीसीआर विधिबाट र १०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा ७, ९८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७८ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App