स्वास्थ्य

अस्पताललाई अक्सिजन सहयोग

नेपाली कांग्रेस महिला नेत्री कान्ता चन्दले आफ्नै लगानीमा जिल्ला अस्पताल बैतडीमा रहेका अक्सिजन सिलिण्डर भरिदिएकी छन्। नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी चन्दले आफ्नै व्यक्तिगत लगानीमा १२ वटा सिलिण्डर भरेको बताइन्।

उनले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि १५ सेट पिपिइ र २ हजार ५ सय थान मास्कसमेत वितरण गरेकी छिन्।

कोरोना भाइरसको कहरसँग लड्न आपूmले सानो सहयोगले केही व्यक्तिको उद्धार हुने भन्दै सहयोग गरेको चन्दले बताइन्। कोरोना भाइरससँगको लडाइका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व हुने उनले बताइन्।

स्वास्थ्य सामग्रीको अभाव भइरहेको बेला चन्दले गरेको सहयोगले कोरोना संक्रमितको उपचार गर्न सहज हुने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:४७ बुधबार

नेपाली कांग्रेस नेपाल परिवार नियोजन संघ