स्वास्थ्य

९ हजार १९६ संक्रमित थपिँदा २ हजार ९ सय ५ निको, ५० को मृत्यु

पछिल्लो २४ घन्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण अद्यावधिक गर्दै सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयले यो अवधिमा ५० जनाको निधन भएको र संक्रमितमध्ये २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएको जनाएको छ।

गएको २४ घन्टामा देशभर २० हजार ४ सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो। तिनीहरुमध्ये १९ हजार ९८७ को पीसीआर र ४ सय ९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

थपिएका संक्रमितमध्ये ९ हजार २३ जनाको पीसीआर र १ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७८ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App