स्वास्थ्य

लुम्बिनी प्रदेश : ३९ हजारलाई पुग्ने कोरोनाविरुद्धको खोप आइपुग्यो

लुम्बिनी प्रदेशकालागि उपलब्ध गराइएको कोरोनाबिरुद्धको खोप बुटवल आइपुगेको छ।  ३९ हजार ४ सय ९५ जनालाई लगाउन पुग्ने ८७ हजार ६ सय ७९ डोज खोप बुटवल आइपुगेको हो।  

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार  ८ हजार ७ सय ६८ भाइल अर्थात ८७ हजार ६ सय ७९ डोज खोप गएराती बुटवल आइपुगेको हो।  सो डोजको खोप ३९ हजार ४ सय ९५ जनालाइ लगाउन पुग्छ।  डा पौडेलका अनुसार यो खोप एक जनालाइ दुइ पटक लगाइन्छ।   ४ हप्ताको फरकमा एकजना व्यक्तिलाइ दुइ पटक यो खोप लगाइने डा पौडेलले जानकारी दिए।  

भारत सरकारको सहयोगको खोप  बुटवल स्थित नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर खोप स्टोर गरिएको छ।  खोप ढुवानीकालागि प्रयोग हुने रेफ्रिजिरेटर भ्यान मार्फत अस्थायी मुकाम बुटवल ल्याइएको हो।  सो खोप प्रदेशका बाह्र वटै जिल्लामा मंगलबार पुर्याइने डा पौडेलले बताए।  उनका अनुसार यही माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिने छ।  

प्रदेशका बाह्र जिल्ला मध्ये सबैभन्दा धेरै रुपन्देहीलाइ छुट्याइएको छ।  मन्त्रालयका सूचना अधिकारी डा पौडेलका अनुसार रुपन्देहीमा १५ हजार ५३ जनालाइ कोरोनाबिरुद्धको खोप लगाइने छ।  बाँकेमा ७ हजार ७ सय जनालाइ,दाङमा २ हजार ९७० जनालाइ,बर्दियामा १ हजार ९६२ जनालाइ कोरोना बिरुद्धको खोपको लगाइने छ।  पाल्पामा २ हजार ४६० जनामा,कपिलबस्तुमा २ हजार ४३ जनामा,गुल्मीमा १ हजार ८८२ जनालाइ खोप लगाइने छ।  त्यस्तै प्युठानमा १ हजार ६३ जनामा, अर्घाखाँचीमा १ हजार ७३४ जनालाइ,नवलपरासीमा १ हजार ७२ जनालाइ,रोल्पामा १ हजार ८९ जनालाइ र रुकुम पुर्वमा  ७ सय ६७ जनालाइ कोरोना बिरुद्धको खोप लगाइने प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पौडेलले जानकारी दिए।  

पहिलो चरणमा तराइका ६ जिल्लाका ८ वटा अस्पतालबाट खोप लगाउन सुरु गरीने छ।  त्यसपछि पहाडी जिल्लामा सुरु गरीने बताइएको छ।  रुपन्देहीको भिम अस्पताल भैरहवा र लुम्बिनी  प्रादेसिक अस्पताल बुटवलबाट,  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेसिक अस्पताल तुलसीपुरबाट,बाँकेको भेरी अस्पताल,बर्दियाको बर्दिया अस्पताल, कपिलबस्तुको कपिलबस्तु अस्पताल र नवलपरासीको पृथ्बिचन्द्र अस्पतालमा खोप लगाइने मन्त्रालयले जनाएको छ ।  

प्रारम्भिक चरणमा यो खोपको मुख्य लक्षित समुह सरसफाइकर्मी,स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, शव बाहनका चालक,महिला स्वास्थ्य स्वयम सेविका र ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाइ राखीएको छ।  पहिलो चरणमा लक्षित समुहबाटै बढी जोखीममा रहेकोलाइ खोप लगाइने बताइएको छ।  

 

 

प्रकाशित: १२ माघ २०७७ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App