स्वास्थ्य

पञ्जा लगाउँदा कोरोना संक्रमणको जोखिम झन् बढ्छ : विज्ञ (भिडियो)

कोरोना भाइरसबाट बच्न भनेर कतिपय मानिसले हातमा पञ्जा लगाउने गरेका छन्।  

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका उपायमा पञ्जा सिफारिस नगरिएको बताउँदै यसबाट संक्रमण बढ्ने जोखिम अझ बढ्ने चेतावनी दिएको छ।  

मन्त्रालयले सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै पञ्जाले हातको सरसफाइमा मद्दत पुर्‍याउनुको साटो अझ फोहोर बढाउने सम्भावना रहेको जानकारी दिएको हो।  

भिडिओमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पञ्जा लगाउनुभन्दा बारम्बार साबुनपानीले हात धुनु तथा स्यानिटाइजर लगाउनु उत्तम उपाय भएको बताएका छन्।  

उनका अनुसार पञ्जा लगाउँदा कोरोनाबाट बचिन्छ भन्ने भ्रम पैदा हुने र भाइरस भएको ठाउँमा पञ्जा लगाएको हातले छुँदा त्यो पञ्जामा टाँसिएर आउने र त्यसले नाक मुख वा अन्य स्थानमा छुँदा त्यहाँ रहेको भाइरसको संक्रमण सर्न सक्ने जोखिम हुन्छ।  

थप कुरा यस भिडियोमा–    

प्रकाशित: २१ आश्विन २०७७ ०७:३७ बुधबार

स्वास्थ्य सुरक्षा पञ्जा