राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
महाशाखा प्रमुख ढकालले महामारी नियन्त्रणका लागि सुरक्षाकर्मीको जिम्मेवारी बढ्दै गएको बताए । दिनभर सडकमा खटिने ट्राफिक प्रहरी धेरै मानिससँग सम्पर्कमा हुने भएकाले जोखिममा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्री बढी आवश्यक हुने बताए ।
आइतबार दिउँसो १ बजेटको तथ्यांकअनुसार नेपालमा २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।
प्रकाशित: ४ जेष्ठ २०७७ ०८:०४ आइतबार