स्वास्थ्य

जाडोमा किन बढ्छ मस्तिष्कघात ?

मस्तिष्कघात भनेको के हो ?,मस्तिष्कघातको जोखिम जाडोमै किन बढ्छ ? यसबाट कसरी बच्ने ? प्रस्तुत् छ नागरिकर्मी पवित्रा सुनारले वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख तथा न्युरोलोजिष्ट डा.सुनिल कोइरालासित गरेको कुराकानी।

चिकित्सा सेवामा प्रवेश गरेको कति वर्ष बित्यो ?

– वीस वर्ष भयो।

चिकित्सा विधाको अध्ययन र विशेषज्ञता बारे बताइदिनुहोस न ?

– त्यतिबेला नेपालमा मेडिकल कलेज थोरै थिए। त्यो क्रममा एमविविएस गर्न बंगलादेश पुगें। त्यहाँ एमविविएस सकेर आएपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट न्युरोमेडिसिन बिषयमा एमडी र यहींवाटै डिएम गरें। अध्ययनसंगै १६ वर्षदेखि यही अस्पतालमा कार्यरत छु।

जाडो मौसममा हृदयघातको जस्तै मस्तिष्कघातको जोखिम हुन्छ भन्छन् ? यथार्थ के हो ?

– हो , जाडोमा अन्य मौसमको तुलनामा बढी हुन्छ। जाडोमा अन्य केही रोग जस्तै यो रोग हुने जोखिम बढी हुन्छ।

के कारणले गर्दा जाडोमै मस्तिष्कघातको जोखिम बढी हुन्छ ?

– पहिलो कुरा जाडोको कारण शारिरीक गतिबिधी कम हुन्छ, जाडोको बहानामा मानिसहरु एकै ठाउँमा आरम गरेर बस्ने गर्छन्। चिसोले रगतको धमनी साँघु्रिन्छ ,त्यही बेलामा शारिरीक गतिबधी कम हुने चिल्लो,बढी क्यालोरी भएका खानाहरु पनि यही मौसममा बढी खाने चलन छ। यी खानाले पनि रगत बाग्लो बनाउँछन्। जसको कारण मस्तिष्कघात हुन्छ।

कुन–कुन खानामा क्यालोरी बढी हुन्छ ?

–कार्वोहाइडे«ट र चिल्लो पदार्थमा चिल्लो बढी हुन्छ।

मस्तिष्कघात भनेको के हो ?

– मस्तिष्क तोल सामान्यताय डेढ केजी हुन्छ। कुल शरिरको २ प्रतिशत मात्र मस्तिष्कको तौल हु्न्छ। तर मस्तिष्कलाई आफ्नो तौलको तुलनामा बढी रक्तसंचारको आवश्यक पर्छ। अर्थात् पोषणको मात्र तौलको तुलनामा बढी चाहिन्छ। किनकि मस्तिष्कले बढी काम गर्छ। मस्तिष्कलाई १५ देखि २० प्रतिशत रक्तसंचार हुनु पर्छ। केही कारणले मस्तिष्कमा यो रक्तसंचारमा अवरोध आयो भने मस्तिष्क नष्ट हुन थाल्छ। रक्तसंचारमा अवरोध आएको ५ मीनेटपछि नै मस्तिष्कघात हुन थाल्छ। यसलाई मस्तिष्कघात भनिन्छ।

जाडोमै किन हुन्छ त मस्तिष्कघात बढी ?

– उमेर पुग्दै गएपछि रगतको नशा साँघुरो भइरहेको हुन्छ, त्यसै गरी कम गतिबिधीले पहिल्यै रगतको नशा साँघुरो भइसकेको हुन्छ। त्यसै गरी मधुमेह,उच्च रक्तचाप भएमा,चुरोट प्रयोग गर्नेहरुको पनि पहिल्यै रगतको नशा साँघुरो भइसकेको हुन्छ। चिसोले  यस्ता व्यक्तिहरुको रगतको धमनी खुम्चिने  क्रममा रक्तसंचारमा अवरोध आउँछ मस्तिष्कघात हुन्छ।

कुन चाहिं धमनी खुम्चिएमा मस्तिष्कघात हुन्छ।

–मुटुवाट मस्तिष्कमा जाने धमनी खुम्चिने क्रममा  अवरोध आएका मस्तिष्कघात हुन्छ।

 मस्तिष्कघात हुने अन्य कारण पनि छन् कि ?

– अर्को हेमोरेजिक मस्तिष्कघात अर्थात् हेमरेजिक स्ट्रोक भनिन्छ। एउटा रगतको डल्लोको अवरोधले मस्तिष्कमा रक्तसंचार बन्द हुन्छ। यस्तो कारणले हुने मस्तिष्कघातलाई स्मेकिक मस्तिष्कघात भनिन्छ।  अर्को उच्चरक्तचापको कारणले धमनी फुटेर रगत बाहिर बग्दा पनि मस्तिष्कमा रगत पुग्दैन। यस्तो अवस्थालाई हेमरेजिक मस्तिष्कघात भनिन्छ।

कुनै पनि व्यक्तिले आफुमा मस्तिष्कघात हुँदैछ भनेर पहिल्यै कसरी थाहा पाउने ?
– थाहा पाउने पहिलो आधार भनेको छिटो संकेत (फास्ट साइन) हुन्छ। एफ भनेको मुख बांगिने र ए आर्म(हातखुट्टा कमजोर हुने) यी चिन्हलाई फास्ट साइन भनिन्छ।  अकस्मात मुख बांगिन थाल्यो भने त्यो स्ट्रोक हुन सक्छ। बोलिरहेको मानिसको बोली लरवरिन थाल्यो भने स्ट्रोकको सुरुको लक्षण मानिन्छ।

यी लक्षण देखिएको कति समयभित्र उपचारमा पुगे निको हुन्छ ?

– जति छिटो पुग्यो त्यति राम्रो उपचार हुन्छ। सकेसम्म तीन घण्टादेखि चार घण्टाभित्र पुगेमा निको हुन्छ। यो अवधिमा पुगेमा औषधीले रगतको डल्लोको अवरोध हटाउन सकिन्छ।

 मस्तिष्कको भागसित जोडिएका अन्य अंगहरु हुन्छन्। मस्तिष्कको जुन भागमा घात भएको त्यो भागका अगंहरुले काम गर्न सक्दैनन्। जस्तो हातसित जोडिएको भागमा मस्तिष्कघात भएमा हात,खुट्टासित जोडिएको भागमा घात भएमा ख्ुट्टा नचल्ने हुन्छ। तथा आँखा तथा मुख बाँगो हुन सक्छ। उपचार नपुगेमा आजीवन अपांगता भएर बाँच्ने र कतिपयको मृत्यु समेत हुन्छ।

मस्तिष्घातको अन्य लक्षणहरु के के हुन् ?

– हातखुट्टा नचल्ने,आँखा नदेख्ने,छारे रोग जस्तो काम्ने,बोली लरवरिने,मुख बांगिने,विरामी बेहोस हुने जस्ता लक्षण देखिन्छन्।

वीर अस्पतालमा यो मौसममा मस्तिष्कघातका बिरामी कति आइरहेका छन् ?
– अहिले मात्र सात जना बिरामी भर्ना भई उपचार गरिरहेका छन्। कतिपय बहिरंग बिभागमै उपचार गरेका छन्।

नेपालमा मस्तिष्कघातको अवस्था कस्तो छ ?
– पछिल्लो समय यो कम उमेरकामा समेत बढेर गएको छ। खास यो रोगको प्रकृति अनुसार बृद्ध उमेरमा मात्र हुनु पर्ने हो। हामी कहाँ तीस÷३५ देखि ५०/६० वर्षभत्रका मस्तिष्कघात भएर आउने बढेका छन्। एक दशक अघिसम्म यो अवस्था थिएन।

बढ्नुको कारण के हो ?

– यो बढ्नुको पछि व्यक्तिमा पहिल्यै रहेको जोखिम तत्व हुन्छन्। जस्तो कि बृद्ध उमेर,पुरुषमा यो बढी हुन्छ। त्यसै गरी अन्तराष्ट्रिष्य स्तरमा काला तथा एशियनहरुमा यो समस्या बढी देखिने गरेको पाइन्छ। यी जोखिम कारण हामीले बदल्न नसक्ने कारण हुन्। अर्को भने नियन्त्रण गर्न सकिने कारण हुन्छन्। ती हुन् पहिल्यै उच्चरक्तचाप,मधुमेह,कोलस्ट्रोल भएका,मदिरा तथा चुरोट सेवन गर्नेहरु,लागुऔषधी सेवन गर्नेहरु, बढी तौल भएका मनिसहरु मस्तिष्कघातको जोखिममा हुन्छन्। यी समस्यालाई नियन्त्रण गर्न सकिन्छ। पछिल्लो समय आरमदायी जीवनशैली र खानपानको कारणले जोखिम रोगहरु बढिरहेको कारणले पनि मस्तिष्कघात बढेको देखिन्छ।

मस्तिष्कघातबाट मृत्यु हुने समुहमा को को पर्छन् ?

– जो व्यक्ति पहिल्यै बहुरोगी हुन्छन् र

मस्तिष्कघातबाट बच्नको लागि के गर्ने त ?

– मुख्य कुरा अन्य रोगमा जस्तै स्वस्थ जीवनशैली अपनाउनु प¥यो। जस्तो कि उच्चरक्तचाप,मधुमेह,कोलस्«ट्रोल छ भने नियन्त्रणमा राख्ने,चुरोट र रक्सी सेवन गर्ने बानी छ भने त्याग्ने,कुनै प्रकारको मुटुरोग छ भने उपचार गर्नेै र यी जोखिम तत्व घटाउनको लागि सन्तुलित भोजन गर्ने,नियमित व्यायम गर्ने र तनाव रहित जीवन जिउन सकेमा मस्तिष्कघातको जोखिमबाट बच्न सकिन्छ।

नेपालमा मस्तिष्कघातको उपचारको अवस्था कस्तो छ ?

– नेपालमा केन्द्रीय तह तथा केही क्षेत्रीय तहका अस्पतालमा न्युरोलोजिष्ट उपलब्ध छन्। उनीहरुवाट विशिष्ट तहको उपचार हुन्छ। जस्तो कि वीर अस्पताल,टिचिङ अस्पताल लगयात निजी अस्पतालहरुमा न्युरोलोजिष्ट छन्। उपत्यका बाहिर विराटनगर,चितवन मेडिकल कलेज लगायतमा न्युरोलोजिष्टबाटै उपचार सेवा छ। तर अन्य अंचल तथा जिल्ला अस्पतालहरुमा न्युरोलोजिष्ट छैनन्।उनीहरुको अभावमा फिजिसियनहरुले लक्षणको आधारमा पनि यो रोगको उपचार गर्न गरिरहेको अवस्था छ।

प्रकाशित: ५ पुस २०७६ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App