काठमाडौं– गत चैतमा सञ्चालित उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ढिलाई भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने भनिएपनि ६ बजिसक्दा सम्म सार्वजनिक गरेको छैन्।
परीक्षा नियन्त्रण अम्बिका प्रसाद रेग्मीका अनुसार प्राविधिक कारणले नतिजा आउनुमा ढिलाई भएको हो। अझै केही समय लाग्नेछ।
अहिले नतिजा सार्वजनिक गर्नका लागि प्राविधिक पक्ष मिलाउन परीक्षा बाेर्डका पदाधिकारीहरुको बैठक बसिरहेको छ।
प्रकाशित: ९ असार २०७५ १२:१७ शनिबार