अर्थ

इटा उद्योगीहरु भन्छन्ः गत वर्षकै आधा इटा बाँंकी छन्, यो वर्ष के गर्ने?

फाइल तस्बिर।

गएका वर्षहरुमा भए यतिबेलासम्म भक्तपुरमा काँंचो इटा पार्न सुरु भइसकेका हुन्थे। तर यो वर्ष इटा पार्ने खेत तिर त्यसको कुनै चहलपहल सुरु भएको छैन। यतिखेर यहाँंका उद्योगीहरु अलमलमा छन्, यो वर्ष उद्योग चलाउने कि नचलाउने भनेर? नचलाउ सधैका लागि बन्द होला भन्ने पीर, चलाउ भने गतवर्षकै इटाहरु प्रसस्तै बाँंकी छन्।

भक्तपुर इटा उद्योग व्यवसायी संघका अनुसार गतवर्ष उत्पादन भएका इटाहरुमध्ये झण्डै आधा इटाहरु यतिकै बाँंकी छन्। जिल्लामा प्रत्येक वर्ष सबै इटाभटाहरुबाट गरेर २० करोड इटाहरु उत्पादन हुने तथ्यांक छ। यस हिसाबले अझै १० करोड इटाहरु बिक्री हुन बाँंकी छन्। जिल्लामा गतवर्ष ६२ वटा इटाभटाहरु सञ्चालनमा रहेका थिए।

गतवर्षकै इटा बिक्री हुन बाँंकी रहेकाले पुँंजी अभावमा इटा उद्योग बन्द हुने क्रममा पुगेको उद्योगीहरुले बताएका हुन्। साथै इटा उत्पादन गरे पनि नविक्ने भएपछि किन उत्पादन गर्ने भन्ने प्रश्न पनि उनीहरुसँंग छ। उनीहरुका अनुसार निर्माणको क्रम ठप्प जस्तै भएकाले इटाहरु बिक्री हुन छाडेका हुन्। सरकारसँंग पनि कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या भइ विकास निर्माणमा बजेट नभएको कारण सरकारी निर्माणहरु ठप्प छन्।

साथै बैंकमा चर्काे व्याजका कारण व्यक्तिहरुसँंग पनि पैसा नहुँंदा घर निर्माणलगायतका काम गर्न सकिरहेका छैनन्। भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले यो वर्ष आधा उद्योग वन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए। यो वर्ष चलेका उद्योगहरुमध्येबाट पनि गतवर्षहरु भन्दा आधा कम मात्रै इटा उत्पादन गर्ने योजना ह्योम्वाले जानकारी गराए।

यो वर्ष आधा उद्योगहरु पनि ढिलो गरी मात्रै माघ १ गतेदेखि मात्रै इटा पोल्न सुरु गर्ने तालिका बनाइएको छ। साथै इटा पोल्न बन्द गर्ने समय पनि यो वर्ष छिटै गरेर चैतमै टुंगाउने तालिका बनाइएको छ। नभए अरु वर्षहरुमा भए वैशाखसम्म इटा पोल्ने काम हुन्छ। काँंचो इटा पुग्ने मात्रामा भएपछि इटाभटामा आगो लगाइ पोल्ने काम सुरु हुन्छ।

इटाको यो मौसम मंसिरदेखि वैशाख महिनासम्म चल्ने गर्दछ। वैशाखपछि भने ती इटा पार्ने खल (खाल) हरुमा असारमा धान रोपिने गर्दछन्। काठमाडौँ उपत्यकामा धान काटन सकेसँंगै ती खेतहरुका ठाउँं-ठाउँंमा धमाधम काँंचो इटा पार्ने काम सुरु भएका हुन्छन्। तर यो वर्ष सुरु हुन सकेको छैन। जिल्लामा चार वटा नगरपालिकाहरु छन्।

भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी जिल्लामा चार वटा नगरपालिकाहरु छन्। तीमध्ये इटाभटा भने चाँंगुनारायण र सूर्यविनाक दुई वटा मात्रै नगरपालिकामा छन्। भक्तपुर र मध्यपुर थिमि दुई वटा पुराना नगरपालिकाहरुमा खुला ठाउँंको अभाबमा त्यहाँं इटाभटाहरु छैनन्। यहाँका एउटै इटाभटाका लागि पनि सयौं परिवार इटा पार्ने काममा संलग्न हुन्छन्।

यस हिसाबले अहिले यहाँका इटाभटामा हजारौं परिवार इटा पार्ने काममा संलग्न हुन्छन्। इटा पार्न उपत्यका नजिकका काभ्रे, रामेछाप, सिन्धुलीलगायत दाग, रोल्पा, रुकुमलगायतका देशभरबाट मजदुर इटाभटामा आएका हुन्छन्। इटाभटामा नेपालीका साथै चिम्नीमा बस्न भारतीय नागरिकहरु पनि आउने गर्दछन्। जिल्लाभरिमा झण्डै तीन हजार भारतीय नागरिक आउने गरेको तथ्यांक छ।

भारतीय मजदुरहरु विशेष गरेर इटाभट्टामा इटा पोल्ने, पोलिसकेको इटा बजारमा पठाउनका लागि इटाभट्टाबाट बाहिर निकाल्ने र बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन्। काममा आउने सबैजना स्थानीयस्तरमै काँंचो इटाबाट अस्थायी टहरा (छाप्रो) बनाइ सिजनर काम गर्ने ठाउँमै बस्छन्।

प्रकाशित: १२ कार्तिक २०७९ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App