अर्थ

नेप्से परिसूचक ९४.९२ अंकले वृद्धि

पछिल्लो तीन सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंकले  बढेको छ।

आईतबार कारोबारमा आएका २३० कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ। अघिल्ला कारोबारहरुमा १ अर्ब बराबरको कारोबार हुँदै आएको थियो।  

नेप्सेका १३ वटै उपसमूहको परिसूचक उच्च रुपमा बढेका छन्। जसमध्ये लगानी उपसमूहको परिसूचक सवैभन्दा धेरै ८.८७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ । जलविद्युत,वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी र लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार कारोबारमा आएका २३० कम्पनीमध्ये २२३ कम्पनीको शेयर मूल्य बढेको छ। जसमा दुई दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आईतबार कारोबारको आधारमा कुमारी बैंक अग्र स्थानमा छ । बैंकको ८ करोड ६४ लाख ३८ हजार बढीको कारोबार भएको छ। हिमालयन डिष्टिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। 

प्रकाशित: १२ असार २०७९ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App