अर्थ

'नयाँ वर्ष, पुरस्कारको हर्ष' योजनाका विजेताहरुलाई पुरस्कार वितरण

सामसुङ नेपाल आइएमएस ग्रुप हिम इलेक्ट्रोनिस्द्वारा 'नयाँ वर्ष, पुरस्कारको हर्ष' योजनाका विजेताहरुलाई पुरस्कार वितरण गरिएकाे छ। 

नयाँ वर्षको आगमन संगैं संचालन गरिएको 'नयाँ वर्ष, पुरस्कारको हर्ष'नामक वितरक उपहार योजना अन्तर्गत ३ वितरक–भरत  ट्रेड प्रा.लि, सन मोबाइल स्टोर र जयमाँ अम्बे मोबाइल स्टोरलाई कियासोनेट कार साथै १० जना विजेताहरुलाई बजाज २२० एफएबिएस बाइक पुरस्कार वितरण गरिएकाे हाे।

यस योजना अन्र्तगत५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भाैचरहरु पनि प्रदान गरिएका छन्। सो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म संचालन गरिएको थियो।

जसमा देशभर छरिएका सम्पूर्ण वितरकहरुलाई सहभागी गराइएको थियो। योजनाका विभिन्न पुरस्कार विजेताहरुलाई ज्ञानेश्वर स्थित एटिक रेष्टुराँमा आयोजित एक कार्यक्रममा पुरस्कारहरु वितरण गरिएको थियो।

प्रकाशित: २ असार २०७९ ०५:२८ बिहीबार