अर्थ

हुन्डाई नयाँ वर्ष २०७९ योजना सार्वजनिक

हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँवर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ।

नयाँ वर्ष बोनस ७९,०००, एक्सचेन्ज बोनस ७९,००० सम्म, मोडेल इयर डिस्काउन्ट ९९,००० सम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर रहेको कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टलप्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

प्रकाशित: २९ चैत्र २०७८ ०९:२१ मंगलबार