अर्थ

जापानबाट फर्किएका उज्ज्वलले सुरु गरे भव्य मार्ट

आठ वर्ष जापान बसेर फर्किएका दोलखा नाम्दु गाउँका उज्ज्वल दाहालले काठमाडौंको पेप्सीकोला चोकस्थित बोता रेष्टुरेन्ट पछाडि भव्य मार्ट सञ्चालनमा ल्याएका छन्।

एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको मार्टले शनिबारबाट बिक्री शुरु गरेको छ। 'आवर फेमिली मार्ट' नाम दिइएको दाहालको मार्टमा सबै किसिमका उपभोग्य वस्तु पाइने उज्ज्वलले बताए।

जापानमा बस्दा मार्टमै काम गरेको अनुभव आफूले नेपालमा सुरु गरेको उनले सुनाए। गाउँमा उत्पादन हुने स्थानीय उत्पादन उनको मार्टमा पाइन्छ। लोकल चामल, लोकल दाल, गुन्द्रुक, बेसार लगायतका अर्गानिक सामान उनको मार्टमा पाइन्छ।

मार्टसँगै फास्ट फुड र कफी सेन्टर समेत चलाउने उनको तयारी छ। उज्ज्वलकि पत्नी सविनाले ग्रोसरी सहित सबै खाले सेवा एउटै छानाबाट दिने आफूहरुको लक्ष्य रहेको सुनाइन्। 'किनमेल गर्न आउने ग्राहक वर्गलाई फास्ट फुड र कफीको स्वाद समेत चखाउदैछौं' उनले भनिन्।

प्रकाशित: १९ चैत्र २०७८ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App